(एजेन्सी)– यो अचम्म लाग्दो तस्बिर त्यो चमत्कारिक बच्चाको हो, जसको गर्भवती आमा भयंकर सडक दुर्घटनामा परेकी थिइन् । यो बच्चा आमाको गर्भबाट निक्लेर धेरै मिटर पर पुुगेर खस्यो र पनि सुरक्षित नै थियो । उसलाई सिर्फ सामान्य चोट लागेको थियो । यो घटना पूर्वी चीनको फुजियान प्रान्तको जियाम्यान सीटिमा एक हप्ता पहिले भएको थियो ।
यो भयानक घटना त्यति बेला भयो, जब ४२ वर्षीया माओ आफ्नाी गर्भवती पत्नी वांग झाउ ४०, लाई प्रसवका लागि बाइकमा अस्पताल लिएर जाँदै थिए । पत्नीलाई जब प्रसव पीडा भयो तब माउ एम्बुलेन्सको प्रतिक्षा गर्न सकेनन् । उनले बाइकमा नै श्रीमतीलाई लिएर अस्पताल गए । म्याक्विङ्लु र जिआओसाङ्लुको बीचको क्रसिंगलाई पार गर्ने समयमा एक ट्रकले उनको बाइकलाई ठक्कर दियो । ट्रकले गर्भवती वांगलाई कुल्चियो र उनको घटनास्थलमा नै मृत्यु भयो । त्यस्तै, गम्भिर रुपमा घाइते माओको पनि अस्पताल लाने क्रममा मृत्यु भयो । घटनाको बेला महिलाको गर्भबाट बच्चा निक्लेर तीन मिटर टाढा गयो । तर चमत्कार के भयो भने उक्त बच्चालाई सामान्य चोट मात्र लागेको छ । बच्चाको तौल ४.१७ किलो ग्राम रहेको छ र अब पूरै स्वस्थ भइसकेको छ । बच्चाको नाम जियाओझाओ राखिएको छ ।